श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ताइवानकाे सिमामा चीनिया लडाकु बिमानवाट गोलाबारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि ‘कडा चेतावनी’ दिएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिकी भ्रमण गए पछि आक्रोशित चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् ।

ताइवानका अनुसार आइतवार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए।  शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा आएका थिए भने दुई देशको सिमा रेखा पार गरेर दक्षिणपश्चिम भागमा उडान भरेका थिए ।

Beijing flies 15 fighter jets into Taiwan for second time in two days |  Daily Mail Online

सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ।

चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ ।

उता, ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा भो ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ।

यसैगरी, अर्को भिडियोमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन्।

ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ। ताइवानका रक्षा अधिकारीहरूले शनिबार आरोप लगाएका छन् कि चीनले ताइवानका राष्ट्रपति साई इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको छ। यसले यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ ।

तर, ताइवानको राजधानी ताइपेईका जनतामा भने चीनको सो सैन्य अभ्यास र युद्धको चेतावनीको खासै प्रभाव देखिएको छैन। राजधानीका मानिसहरू भन्छन् कि यसले हामीलाई केही फरक पर्दैन, यसमा हामी अभ्यस्त भईसकेका छौं । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार