काठमाण्डौंः कोभिड-१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बंगलादेशको गरिबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ।
सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बंगलादेश तथ्यांक ब्युरो (बिबिएस) को पछिल्लो तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांयक एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको हो।
यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबीदर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो।
योजनामन्त्री एमए मन्नानले कोभिड-१९ महामारी र रुस–युक्रेन द्वन्द्वले बङ्गलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका बाबजुद दक्षिण एशियाली मुलुकको गरिबी दरमा उल्लेखनीय गिरावट आएको बताए।
यद्यपि, विज्ञहरूले यसअघि महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेका गरिबी निवारणमा बंगलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए।
रुस–युक्रेन द्वन्द्वका बीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका थिए।
कम्तीमा १६ करोड ५० लाख बङ्गलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको र स्थानीय मुद्राको अवमूल्यन समेत भएको र यसले निम्न तथा मध्यम आय भएका धेरै मानिसलाई गरिबीको रेखामुनि धकेलेको उनीहरुको विश्वास छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया