काठमाडौंः राष्ट्रियसभा बैठक बस्ने दिन र समय परिवर्तन गरिएको छ ।
संसद् सचिवालयका अनुसार बिहीवार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक विशेष कारणवश २०८० वैशाख ४ गतेका लागि सारिएको छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले सभाको बैठक २०८० साल वैशाख ४ गते सोमबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको सचिवालयले जनाएको छ ।
सुचनामा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया