श्रावण २०, २०८३ बुधबार August 5, 2026

मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने

नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारीमा सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), २९ असारः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आज यहाँ शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता आँैल्याउनुभयो ।

“आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,” उहाँले भन्नुभयो, “अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।”

मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौलारोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिनुभयो । “अहिले मिर्गौला रोगीको बिरामी भयावहजस्तै भइरहेको छ । आठ हजारभन्दा धेरै त वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा देखिएको छ,” उहाँले भन्नुभयो, “तीमध्ये चार हजारभन्दा धेरै मधेस प्रदेशका जनताले मिर्गौलाको डाइलाइसिस गर्दै आइरहेकाले मधेस प्रदेशमा मिर्गौलाको उपचार गर्ने विशिष्टकृत अस्पताल स्थापना गर्न लागेका हौँ ।”

मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरीटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातमालोले मात्रै व्यवस्थित गराउन सकिने उल्लेख गर्नुभयो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालले पछिल्लो समय विभिन्न उपचार थप गर्दै आइरहेको जानकारी दिनुभयो ।

“आजदेखि हामीले निसन्तान दम्पतीका लागि निःशुल्क रूपमा आइयुआई युनिटको शुभारम्भ गरेका छौँ,” उहाँले भन्नुभयो, “यसले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार