मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सुनचाँदीको मूल्यमा आजपनि भारी गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली बजारमा आइतबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।

शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भउको सुन आज २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो एक सातामा सुनको भाउ ४२ हजार रुपैयाँले घटेको छ ।

गत कात्तिक २७ गते सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो भने २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय, मंसिर २ गते ६ हजार ३ सय मंसिर ३ गते ३ हजार ३ सय र मंसिर ४ गते १२ हजारले घटेको थियो ।

यस्तै चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ। शुक्रबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया