मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउन सकिन्छ : डीके ढुङ्गाना

निजी शिक्षा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा डीके ढुङ्गानाको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । झन्डै तीन दशकदेखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय डीके ढुङ्गाना निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का निवर्तमान केन्द्रीय अध्यक्ष एवं प्रमुख सल्लाहकार हुन्। इलाममा जन्मिएका ढुङ्गाना विगत २८ वर्षदेखि काठमाडौंमा निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। प्याब्सनको महासचिव, वरिष्ठ उपाध्यक्ष, सहअध्यक्ष हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका उनले शैक्षिक गुणस्तर अभिवृद्धि, नीतिगत सुधार र निजी विद्यालयको संस्थागत विकासमा योगदान पुर्‍याएका छन्।

उनको तीनवर्षे नेतृत्वकालमा शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय, काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शिक्षकको क्षमता अभिवृद्धि, दुईवटा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन तथा निजी विद्यालयलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्ने अभियान अघि बढाइएको थियो। लायन्सका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत रहेका ढुङ्गाना प्रेरक वक्ताका रूपमा पनि परिचित छन्।

ढुङ्गानाका अनुसार देशभर नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेका निजी विद्यालयको सङ्ख्या करिब १३ हजार छ। ती विद्यालयमा ३० लाख विद्यार्थी अध्ययनरत छन् भने चार लाखभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्। निजी विद्यालयमा करिब सात खर्ब रुपैयाँ लगानी भएको छ। रोजगारी सिर्जना, राजस्व सङ्कलन र पुँजी निर्माणमा निजी शिक्षा क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

अर्बौंको लगानी र लाखौँ नागरिकको भविष्य जोडिएको निजी शिक्षा क्षेत्र यतिबेला विद्यालय शिक्षा विधेयक, शुल्क निर्धारण, शिक्षकको पारिश्रमिक, लगानीको सुरक्षा र शैक्षिक गुणस्तरलगायत विषयमा बहसको केन्द्रमा छ। अर्कातिर, उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रम बढिरहँदा नेपाललाई नै अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउन सकिने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया