असार २१, २०८२ शनिबार July 5, 2025

डाइनामो ड्रेसडेनको पूरै टिम आइसोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जर्मन बुण्डेसलिगा टूमा खेल्ने डाइनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ दुई हप्ताका लागि आइसोलेसनमा राखिएको छ ।

लिग सुरु हुन २ साता बाँकी रहँदा डाइनामो ड्रेसडेनका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको हो ।

बुण्डेसलिगा र बुण्डेसलिगा टू यही मे १६ देखि फेरि सुरु हुँदैछ । कोरोना भाइरस प्रकोपपछि युरोपमा हुन लागेको यो नै पहिलो लिग हो ।

क्लबले अबको १४ दिन प्रशिक्षण गर्न नसकिने र खेल्न नसकिने जनाएको छ ।

बुण्डेसलिगा टूको अंक तालिकाको पुछारमा रहेको ड्रेसडेनले सुरुवाती खेल खेल्न नसक्ने भएको छ ।

ड्रेसडेनले १७ मेमा ह्यानओभर ९६ सँग खेल्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया