श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पेन्सनको उमेर ६२ बाट ६४ पुर्‍याइएपछि फ्रान्सेली नागरिक सडकमा उत्रिए

ट्रेड युनियनहरूले सरकारको उक्त निर्णयको विरोधमा अझै कडा आन्दोलनको आह्वान गरेपछी तनावग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रान्समा पेन्सनको उमेर ६२ बाट बढाएर ६४ बनाएपछि विरोध सुरु भएको छ।

फ्रान्सका राष्ट्रपति  इम्यानुएल म्याक्रोले यस्तो प्रस्तावमाथि हस्ताक्षर गरेपछि विरोध सुरु भएको हो। फ्रान्सको शीर्ष संवैधानिक परिषद्ले यो परिवर्तनलाई अनुमति दिएको छ। संवैधानिक परिषद्ले यो मामलामा जनमत सर्वेक्षण गर्नुपर्ने विपक्षीको माग खारेज गरिदिएको छ।

France Pension Bill Protest: Protest Intensifies As France Pushes Through  Pension Reform

फ्रान्समा यो निर्णयसँगै तीव्र रुपमा विरोध सुरु भएको हो। प्रदर्शनकारीहरूले कयौं स्थानमा तोडफोड र आगजनी गरेका छन्। हिंसा भड्काएको आरोपमा ११२ मानिसलाई पक्राउ गरिएको छ।

ट्रेड युनियनहरूले सरकारको उक्त निर्णयको विरोधमा अझै कडा आन्दोलनको आह्वान गरेका छन्। उनीहरुले मे १ मा सबैलाई सडकमा आउन आग्रह गरेका छन्। तर, राष्ट्रपति म्याक्रोले भने पेन्सन सिस्टम ध्वस्त हुनबाट बचाउनका लागि यस्तो सुधार गरिएको दाबी गरेका छन्।

Macron pushes through plan to raise retirement age to 64, risking  no-confidence : NPR

मार्चमा सरकारले एक विशेष संवैधानिक अधिकार प्रयोग गर्दै यो नीतिको परिवर्तन गरेर लागू गर्ने घोषणा गरेको थियो।  यो नियम लागू गर्दा कुनै भोटिङ गरिएन। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार