असार २९, २०८२ आइतबार July 13, 2025

कर्णाली प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभाको स्थगित बैठक अब ७ वैशाख  बिहीबार अपरान्ह ३  बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको साेमबार अपरान्ह ३ बजेका लागि बाेलाइएकाे बैठक स्थगित भएको छ ।

यसअघि साेमबार बसेकाे सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सार्ने प्रस्ताव पेस गरेका थिए ।

आइतबार पनि कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासग सदन पर सार्नेबारे सहमति गरेका थिए ।

प्रदेशसभाको स्थगित बैठक अब ७ वैशाख  बिहीबार अपरान्ह ३  बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया