काठमाण्डौंः विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् । जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्।
जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख देशहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको र ती समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । हयाशी र उनका समकक्षीहरू तीन दिने बैठकको लागि आइतबार दिउँसो कारुइजावा आइपुगेका हुन् ।
जी-७ शिखर सम्मेलन आगामी मे महिनामा जापानी शहर हिरोशिमामा हुँदैछ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया