श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन  अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउण्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् ।भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।

सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी–ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी–ट्याङ्क माइनहरू र एटी–४ एन्टी–आर्मर हतियारहरू पनि समावेश रहेको बताएका छन् । उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रूसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ ।

युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी शहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको पनि अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका प्रमुखहरूलाई  विश्वभर रहेको रूसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान  गर्नु भएको छ । बुधवार (स्थानीय समय) मा विश्व बैङ्क र आईएमएफद्वारा आयोजित भर्चुअल गोलटेबलमा, जेलेन्स्कीले सो आह्वान गर्नु भएको हो ।

साथै विश्व बैङ्कले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाका लागि आज (बिहीबार) दुई सय मिलियन अमेरिकी डलर अनुदान घोषणा गरेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार