श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाकिस्तानले रुसबाट दैनिक १ लाख ब्यारेल कच्चा तेल किन्ने

पाकिस्तानले रुसबाट अमेरिकी डलरको प्रयोग बिनै कच्चा तेल किन्ने सम्झौता गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण एसियाली मुलुक पाकिस्तानले समेत रुसबाट ठुलो मात्रामा तेल किन्ने सम्झौता गरेको छ ।

हाल रुसको कच्चा तेलका ग्राहक चीन र भारत हुन भने यो सूचीमा अब पाकिस्तान समेत थपिएको छ । र, पाकिस्तानले रुसबाट अमेरिकी डलरको प्रयोग बिनै कच्चा तेल किन्ने सम्झौता गरेको हो ।

पाकिस्तानका पेट्रोलियम मन्त्री मुसादिक मलिकलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले रुसको तेल खरिदकर्ताको सूचीमा पाकिस्तान सामले बन्ने पुष्टि गरेका हुन् । सन् २०२२ को डिसेम्बरमा पाकिस्तानको एउटा प्रतिनिधिमण्डल रुसतर्फ लागेको थियो । सोही, भ्रमणका क्रममा रुसबाट डलर विनै तेल किन्ने सम्झौता भएको बताइएको छ ।

Pakistan plans to procure Russian crude oil at USD 50 per barrel | Pakistan  News

तर, पाकिस्तानले रुसबाट कुन मुद्राको प्रयोग गरेर तेल किन्छ भन्ने खुलाइएको छैन । यद्यपि, रुबल वा चीनको युआन मुद्रामा तेल किन्ने सम्झौता भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले अनुमान लगाएका छन् । यस्तै, पाकिस्तान र रुसबीचको खरिद सम्झौता कुन मूल्यमा भएको भन्ने समेत खुलाइएको छैन ।

सम्झौताअनुसार पाकिस्तानले रुसबाट प्रतिदिन १ लाख ब्यारेल तेल किन्ने छ । सम्झौताअनुसार रुस र पाकिस्तानबीच वार्षिक साढे ३ करोड ब्यारेल कच्चा तेल किनबेच हुन सक्छ । यो सम्झौता बाहिरिएसँगै अमेरिकी डलरको प्रभुत्व झनै कमजोर बनेको छ । हाल पेट्रोलियम पदार्थको खरिदबिक्रीमा डलरको एकाधिकार कायम छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार