श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाकिस्तानमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

कारमा सवार एकै परिवारका सातै जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको ओकारा जिल्लामा आइतबार एउटा बसले कारलाई ठक्कर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

उद्धार सेवाका अनुसार जिल्लाको अख्तराबाद क्षेत्र नजिकै सडकमा विपरीत दिशाबाट आइरहेको रिक्सालाई बचाउन खोज्ने क्रममा बसले कारलाई ठक्कर दिएको जानकारी प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि दिएको छ ।

घटनामा कारमा सवार एकै परिवारका सातै जनाको मृत्यु भएको र घाइतेमध्ये एक जना रिक्सायात्री र अर्का एक जना बसयात्री रहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा कमजोर सडक संरचना, पहाडी भूगोल र चालकको लापरबाही कारण हुने सडक दुर्घटनामा परी हरेक वर्ष हजारौँ नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन् ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार