श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुडानमा युद्ध सुरु भएसँगै त्यहाँ रहेका नेपालीहरूबारे विवरण संकलन गर्न सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल भएको छ र सेनासँग लडिरहेको अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्स (आरएसएफ) को नियन्त्रणमा गएको छ ।

खार्तूमबाट ८५० किलोमिटर (५३० माइल) को दूरीमा रहेको रेड सी रहेको पोर्ट सुडानबाट केही उद्धार कार्य भइरहेको छ ।

यहाँ विभिन्न देशहरूले फसेका नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याउने प्रयासमा साउदी अरबले सबैभन्दा पहिले युद्ध शुरू भएको एक हप्तापछि शनिबार पहिलो पटक सफल उद्धारको नेतृत्व गरेको थियो, जसमा नौसैनिक उद्धार टोलीले विदेशी कूटनीतिज्ञ र अधिकारीहरू सहित १५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरेको थियो ।

कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बङ्गलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासोगरी १२ मुलुकका ९१ जना साउदी नागरिक र करिब ६६ जना नागरिकलाई रियादले ‘सुरक्षित’ रूपमा उद्धार गरेको जनाएको छ । आइतबार अमेरिकी सेनाले खार्तूमबाट अमेरिकी दूतावासका कर्मचारीलाई बाहिर निकाल्न तीनवटा चिनुक हेलिकप्टर पठाएको थियो ।

Rescue operations to extract foreigners from Sudan | Philstar.com

एक सयभन्दा बढी अमेरिकी सेनाले सोही सङ्ख्यामा एक घण्टाभन्दा कम समयमा मानिसहरूलाई सुडानबाट बाहिरिन सघाएका थिए । अमेरिकी अधिकारीहरुले आगामी दिनमा अमेरिकी नागरिकहरुको उद्दारका लागि व्यापक प्रयास हुने सम्भावना नरहेको बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले पनि आफ्नो दूतावासको टोलीलाई बाहिर निकालेको बताएका छन् । त्यसैगरी, बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायती सेनाले ‘जटिल र द्रूत’ अपरेसनमार्फत् बेलायती दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई बाहिर निकालेको बताएका छन् । सुडानमा अझै पनि फसेका बेलायती नागरिकले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार भने, “हामीले तपाईं कति कठिन र डरलाग्दो परिस्थितिमा छन् भन्ने बुझेका छौं त्यसैले हामी तपाईंलाई सहयोग गर्न काम गरिरहेका छौं ।” नर्वेका राजदूतले नर्वेका अन्य कूटनीतिज्ञ लगायत उनीहरूका परिवारलाई पनि उद्धार गरिएको जानकारी दिएका छन् ।

युरोपियन युनियन (ईयू) ले आइतबार उद्धारका लागि समन्वयको कोसिस भइरहेको बताएको छ । इयू प्रतिनिधिमण्डलका साथै सात इयू सदस्यको सुडानमा मिसन छ। दुई फ्रान्सेली विमान आइतबार जिबुटीमा विभिन्न देशका २०० जनालाई लिएर अवतरण गरेका थिए ।

नेदरल्यान्ड्सका विदेशमन्त्री वोप्के होक्स्ट्राले केही डच नागरिकलाई फ्रान्सेली विमानबाट उद्धार गरिएको र अर्को समूह संयुक्त राष्ट्रसङ्घको काफिलामार्फत खार्तुमबाट सडकमार्गहुँदै प्रस्थान गरेको बताएका छन् । ग्रीसको विदेश मन्त्रालयले फ्रान्सको सहयोगमा सुडानबाट उद्धार गरिएकाहरूको पहिलो समूहले खेद प्रकट गरेको जनाएको छ ।

इटालीले आइतबार गरेको सैन्य उद्धारमा ‘देश छोड्न आग्रह गरेका’ सबै इटालियाली नागरिक, स्विट्जरल्यान्डका नागरिक र भ्याटिकनका प्रतिनिधिसहित अन्य २०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको थियो । बर्लिनले बुधबार जर्मन र अन्य राष्ट्रियताका नागरिकसहित तीन वटा विमानप्रयोग गरी ३०० जनालाई उद्धार गरेको जनाएको छ ।

म्याड्रिडका अनुसार ३० जना स्पेनी र ७० जना अन्य देशका नागरिक गरी १०० जना यात्रु लिएर स्पेनी सेनाको विमान आइतबार जिबुटीका लागि उडेको छ । स्वीडेनका रक्षामन्त्रीले आइतबार एएफपीसँग कुरा गर्दै कूटनीतिज्ञ र अन्य स्वीडेनी नागरिकको उद्धारका लागि १४० देखि १५० सैनिक परिचालन गरिएको एएफपीलाई बताएका छन् ।

सुडानमा रहेका १५० जना नागरिकको उद्धारका लागि आयरल्याण्ड सरकारले जिबुटीमा १२ जना सुरक्षाकर्मी तैनाथ गरेको छ ।

त्यस्तै, अङ्कारा आफ्ना अनुमानित ६०० नागरिकमध्ये केहीलाई खार्तूमका दुई जिल्ला र दक्षिणी शहर वाड मदनीबाट सडकमार्ग हुँदै आइतबार बिहानैदेखि उद्धारकाम शुरु गरेको तर खार्तूमको एउटा मस्जिद नजिकै ‘विष्फोट’ भएपछि उक्त स्थानबाट उद्धार गर्ने योजना स्थगित गरिएको टर्कीको दूतावासले जनाएको छ ।

इजिप्टको सेनाले गत साता सुडानबाट आफ्ना १७७ सैनिकलाई निकालेको थियो । आइतबार विदेश मन्त्रालयले ४३६ जना नागरिक स्थलमार्गबाट बाहिरिएको जनाएको छ । सुडानमा १० हजारभन्दा बढी इजिप्टवासी रहेको अनुमान गरिएको छ ।

जोर्डनले शनिबार जोर्डनका करिब ३०० नागरिकको उद्धार कार्य शुरु गरेको र संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियासँग निरन्तर सहकार्य भइरहेको जनाएको छ । इराकी दूतावासका कर्मचारीले शनिबार खार्तुम छोडेको विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहाफले जानकारी दिए ।

लेबनानी अधिकारीका अनुसार आफ्ना ६० जना नागरिकले खार्तुमबाट सडक मार्ग हुँदै प्रस्थान गरेका छन् भने ८३ जना लिबियाली नागरिक पनि सुडानबन्दरगाह पुगेका छन् । ट्युनिसियाली दूतावासले सोमबारका लागि उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ, जसमा केही नागरिक साउदी जहाजमा चढेर गइसकेका छन् ।

उद्धारको तयारी गरिरहेका अन्य देशहरूमा दक्षिण कोरिया र जापान पनि सामेल छन्, जसले नजिकका देशहरूमा सेना तैनाथ गरेका छन्।

भारतको विदेश मन्त्रालयले साउदी अरेबियामा वायु सेनाका दुई विमान ‘तयारी अवस्थामा’ रहेको र नौसेनाको एउटा जहाज पोर्ट सुडान आइपुगेको बताएको छ । चिनियाँ कुटनीतिज्ञहरूलाई बाहिर निकाल्ने प्रयासमा पनि समन्वय गरिरहेको सुडानी सेनाले जनाएको छ ।इन्डोनेसियाका अनुसार खार्तूमस्थित दूतावास परिसरमा ४३ जना नागरिक आश्रय लिइरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार