काठमाण्डौंः बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र शवहरू फेला परेका थिए ।
पीडित सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ ।
स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शबको पहिचान हुन सकेको छैन ।
लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिन अघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया