श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाकिस्तानको प्रहरी चौकीमा आत्मघाती आक्रमण : १२ प्रहरीको हताहती, ४० जना घाइते

पाकिस्तानको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा आत्मघाती हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भएको छ ।

प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भयो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् । घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।

विस्फोटमा तीन वटा भवन ध्वस्त 

जिल्ला प्रहरी अधिकारी स्वात शफिउल्लाहले यसलाई आतङ्कवादी हमला भनेका छन् ।  विस्फोटका कारण तीन वटा भवन भत्किएको उनले बताए । विस्फोट लगत्तै प्रहरी चौकीमा आगलागी भयो । जसमा प्रहरीको जलेर मृत्यु भएको छ । पाकिस्तानी सेनाले केही दिनदेखि उक्त क्षेत्रमा आतङ्कवादी विरुद्ध कारबाही गरिरहेको छ ।

यद्यपि अर्का अधिकारी डिआइजी खालिद सोहेलले प्रहरी चौकीमा आत्मघाती हमला नभएको बताए । उनका अनुसार विस्फोट स्टेसनको स्टोर रुममा राखिएको हतियार र बारुदयुक्त स्थानमा भयो । यस्तो कसैको लापरवाहीका कारण भएको हुनसक्ने उनलाई शङ्का छ ।

डनको रिपोर्ट अनुसार एक प्रहरी अधिकारी इमदादले प्रारम्भिक जानकारीले प्रहरी चौकी क्याम्पसमा राति ८ः२० मा विस्फोट भएको बताएका छन् । क्याम्पसमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सिटिडी) को कार्यालय र एक मस्जिद पनि छ ।

pakistan

गृहमन्त्री राणाले आक्रमणको प्रतिवेदन मागे

स्वातको काउन्टर टेररिज्म प्रहरी चौकीमा भएको आक्रमणपछि प्रधानमन्त्री शाहबाज सरिफलगायत देशका शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् । गृहमन्त्री राणा सनाउल्लाहले देशको सुरक्षामा आफ्नो ज्यान गुमाउने प्रहरी अधिकारीको योगदानलाई सदैव सम्झने बताए । उनले समग्रमा प्रतिवेदन माग गरेका छन् ।

यस्तै, पाकिस्तानी वेबसाइट ‘डन’ को अनुसार, सन् २०२३ को पहिलो ३ महिनामा खैबर पख्तुनख्वामा आतङ्कवादी हमलामा १२५ प्रहरीको मृत्यु भएको छ । जबकि २१२ जना गम्भीर घाइते भएका छन् । आर्थिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको मुलुकमा ९० दिनमा २५ वटा आक्रमण भइसकेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार