असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधिसभा बैठक जारी, अनशन बसेकोदेखि अनशन बस्नेसम्मको जानकारी

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

सूर्यप्रसाद ढकालले बाँकेमा हुने डुबान नियन्त्रणका लागि पहल गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हालै भएको आगलागीबाट भएको पीडितलाई राहत उपलब्ध गराउन मा गर्दै उनले बाँकेमा हुने डुबान नियन्त्रणका लागि काम नभए आफू संसदमै अनशन बस्ने जानकारी गराए ।

यस्तै हितबहादुर तामाङले नुवाकोट ककनी–२ का श्रीराम ढकाल काठमाडौंको न्युरोडमा कृषि क्षेत्रसँग सम्बन्धित् माग राखेर अनशन बसिरहेको जानकारी गराए ।

यही ५ वैशाखदेखि उनी अनशन बसेको र स्वास्थ्य स्थिति बिग्रिँदै गएकाले घिमिरेको जीवनरक्षाको माग गरे ।  मनिष झाले नेपालको आकाश असुरक्षित हुनु व्यवस्थापनको कमजोरी केलाउँदै सरकारको ध्यानाकर्षण गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया