श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत

दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएको जनाएसँगै बेलायतले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउने घोषणा गरेको हो । आफ्ना नागरिकलाई सुडानमा असुरक्षित छाडेकामा व्यापक आलोचना भएपछि सरकारले बेलायती राहदानी वाहकहरूलाई सुडानबाट फिर्ता ल्याउने बताएको हो । सन् २०२१ मा अफगानिस्तानबाट आफ्ना नागरिक उद्धार गर्दा पनि बेलायतको आलोचना भएको थियो ।  गए रातिदेखि सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको उडानबाट बेलायती नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया प्रारम्भ भएको बताउनुभएको छ । बालबालिका, वृद्ध वृद्धाका साथै कमजोर अवस्थामा रहेका परिवारलाई उद्धारको प्रथम प्राथमिकतामा राखिएको उहाँले बताउनुभएको छ । उद्धार अभियानलाई जटिल कार्य भन्दै उहाँले बेलायतको सशस्त्र सेना,कूटनीतिज्ञ र अभियानमा संलग्न अन्य व्यक्तिको सराहना गर्नुभएको छ ।

प्रधानमन्त्री सुनकले सुडानमा रक्तपात अन्त्य गर्न र लोकतान्त्रिक सरकालाई बेलायतबाट निरन्तर सहयोग एवम् समर्थन रहने बताउनुभएको छ ।

बेलायतका विदेशमन्त्री एन्ड्रयु मिचेलले सुडानमा दोहोरो नागरिकता भएका करिब चार हजार बेलायती र बेलायतको मात्र राहदानी भएका चार सय मानिस रहेका बताउनुभएको छ । करिब दुई हजार बेलायती राहदानी वाहकले उद्धारका निम्ति आवेदन गरेका जानकारी पनि उहाँले दिनुभएको छ ।

विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार उद्धार उडान खार्तुम बाहिरको एयरफिल्डबाट हुनेछ । खार्तुममा रहेका बेलायती नागरिकलाई नबोलाएसम्म घरभित्रै बस्न तथा एयरफिल्डमा नजान आग्रह गरिएको छ । खार्तुमको स्थिति नाजुक रहेका थोरै समयमा उद्धारका गतिविधि गर्नुपर्ने र त्यसमा छोटो समय मै सूचना प्रवाह गर्नुपर्ने परिस्थिति पनि उत्पन्न हुनसक्ने जनाइएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार