असार २४, २०८२ मंगलबार July 8, 2025

१०१ वर्ष लागे शताब्दी पुरुष सत्यमोहन जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय एक वर्षमा प्रवेश गरेका छन्।

वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी मंगबलार १०० वर्ष पूरा गरी एक सय एक वर्षमा प्रवेश गरेका हुन् । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् । जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् ।

लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिए पनि उहाँको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन् ।

गत वर्ष सय वर्षमा प्रवेश गरेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक बिदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाएको थियो ।

जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै अझै पनि केही असल काम गरेर जीवन बिताउन पाउँ भन्दै प्रार्थना गरेको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार