काठमाण्डौंः काबुल एयरपोर्टमा सन् २०२१ को भयानक बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्ड अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अगस्टमा भएको बम विष्फोटमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिक मारिएका थिए । त्यतिबेला मानिसहरू तालिबानले नियन्त्रणमा लिएपछि देश छोडेर भाग्न खोजिरहेका थिए। आईएसका नेता एक हप्ता अघि मारिएका थिए तर उनको मृत्युको पुष्टि गर्न समय लागेको अमेरिकी अधिकारीहरूले सीबीएसलाई जानकारी दिएका छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन ।
अमेरिकी अधिकारीहरूले गुप्तचरको सूचना र सो क्षेत्रको अनुगमनमार्फत ती नेताको मृत्यु भएको निर्धारण गरेको बताएका छन् । यद्यपि उनीहरूले बम विष्फोटको लागि उनी जिम्मेवार थिए भनेर कसरी थाहा पाए भन्ने बारे थप विवरण भने दिएका छैनन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया