श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिका र फिलिपिन्सका सैनिकले गरे दक्षिण चीन सागर नजिक युद्धाभ्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिका र फिलिपिन्सका सैनिकहरूले दक्षिण चीन सागरमा नक्कली युद्धपोतमाथि आक्रमण गरेका छन् ।

चीनसँग अमेरिकाको तनाव बढिरहेको बेलामा गरिएको युद्धाभ्यासअन्तर्गत यो आक्रमण गरिएको हो । यस अभ्यासलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रत्यक्ष हेरेका थिए । वार्षिक गरिने बालिकातान अभ्यास अप्रिल २८ सम्म चल्नेछ । यसमा १७ हजार ६०० भन्दा बढी सैनिकहरू सहभागी छन् ।

अमेरिकी सेनाले एफ–३५ र एफ–१६ लडाकू विमानका साथै हिमार्स रकेट सिस्टम र कोब्रा हेलिकप्टर अभ्यासमा उपयोग गरेको थियो । फिलिपिन्सले चाहिँ एफए–५० लडाकू विमान, हेलिकप्टर र आर्टिलरी उपयोग गरी नक्कली युद्धपोतलाई तारो बनाएको थियो ।

Philippines and US boost defense ties amid South China Sea feud - Nikkei  Asia

लुजोन टापु नजिकको फिलिपिनो जलक्षेत्रमा अभ्यास गरिएको हो । लुजोन ताइवानबाट जम्मा ४५२ किलोमिटर टाढा छ । इवान नजिक यो अभ्यास गरिँदा चीनको सरकारी सञ्चारमाध्यमले यसलाई चीनप्रति लक्षित अभ्यासका रूपमा वर्णन गरेको छ ।

अमेरिका र फिलिपिन्सका सैन्य अधिकृतहरूले यो अभ्यास दुई देशका सेनाको युद्धकलालाई एकीकृत गर्ने प्रयास भएको बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार