श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुडानबाट चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

दशदिन लामो युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएपछि विश्वका विभिन्न मुलुकले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन् ।

China sends navy to evacuate citizens in Sudan | The Peninsula Qatar

दशदिन लामो युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव भएको छ । सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ । चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ ।

युद्धविरामको अवधि समाप्त हुनुअघि नै सुडानबाट कम्तीमा आठ सय चिनियाँ नागरिकलाई समुद्रीमार्गबाट उद्धार गर्ने लक्ष्य रहेको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता तान केफेइले पनि सुडानको अवस्था बिग्रदै गएकाले त्यहाँबाट आफ्ना नागरिकलाई यथासक्य चाँडो उद्धार गर्न नौसेना प्रतिबद्ध रहेको बताएका छन् । चिनियाँ नागरिकको जीवन र सम्पत्ति रक्षार्थ सुडानका निम्ति नौसेना परिचालन गरिएको उनले बताएका छन् । प्रवक्ता तानका अनुसार गत सोमबार नै करिब तीन सय नागरिक सतहमार्ग भएर सुडानबाट बाहिरिएका छन् ।

China sends navy to evacuate citizens in Sudan | Malay Mail

सुडानको रक्षा मन्त्रालयका अनुसार दशदिने युद्धमा पाँच सय १२ जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । ग्रेटर खार्तुमका केही भागका भवन भग्नावशेषमा परिणत भएका छन् । राजधानी खार्तुमको अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले धेरै विदेशीले आफ्ना नागरिकलाई वैकल्पिक अन्य मार्गबाट उद्धार गरेका छन् । उद्धारका निम्ति खार्तुम बाहिरका साना ‘एयर स्ट्रिप’हरू प्रयोग गरिएका छन् । खार्तुमबाट आठ सय ५० किलोमिटर टाढा रहेको सुडान पोर्टबाट पनि उद्धारका काम युद्धस्तरमा भइरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले सुडानीहरू चाड, इजिप्ट, दक्षिण सुडानलगायत स्थानतर्फ भागेका बताएका छन् । इण्डोनेसियाली सेनाले बुधबार सुडान पोर्टबाट एकसय १० जना आफ्ना नागरिकलाई उद्धार गरी साउदी अरबको जेद्दा पुर्याएको छ । हालसम्म ६ सय ६७ जना इण्डोनेसियाका नागरिकको उद्धार भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार