श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाकिस्तानको बलुचिस्तान भिडन्तमा ६ प्रहरी मारिए, दुई जना घाइते

आक्रमणमा घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा ६ जना प्रहरी मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । लुटपाट र अन्य जघन्य अपराधमा संलग्न समूहको खोजीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो ।

प्रहरीले घटनास्थल र वरपरको क्षेत्रमा घेरा हालेर उक्त समूहको खोजी अभियान जारी राखेको छ । आक्रमणमा घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही आक्रमणकारी भागेका र उनीहरूको पनि खोजतालस भइरहेको गृहमन्त्री लाङ्गोवेले बताएका छन् ।

सडक दुर्घटनामा एघार जनाको मृत्यु

यसैबीच, छिमेकी अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको तथा अन्य नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ बाजिरीले बताएका छन् ।

नहरए शाही जिल्लामा भएको उक्त दुर्घटनामा केही महिला र बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये केहीको अवस्था गमभीर छ । गत आइतबार यता अफगानिस्तानमा भएका सडक दुर्घटनामा यो पाँचौ हो । गत मङ्गलबार पश्चिम बाघिस प्रान्तमा यस्तै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने सोमबार बागलान प्रान्तमा भएको अर्को दुर्घटनामा छ जनाको मृत्यु भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार