श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इण्डोनेसियामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, ६२ जनाको जीवितै उद्धार

चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ ।

रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले  ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको र हराइरहेका एक जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी कुक्व विडोडोले बताएका छन् । सुरक्षा अधिकारीहरू दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेका छन् ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त उक्त डुङ्गामा ७४ जनाभन्दा बढी यात्री रहेका अनुमान गरिएको छ । यात्री सूचीमा उल्लेख भएभन्दा अधिक मानिसलाई यात्रामा सामेल गराउनु इण्डोनेसियामा सामान्य भएकाले मृतक र बेपात्ता यात्रीको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका हुन् ।

करिब १७ हजार टापु भएको इण्डोनेसियामा सुरक्षाका पर्याप्त उपाय नअपनाउँदा समुद्री दुर्घटना नियमित रुपमा हुने गरेका छन् । सन् २०१८ मा सुमात्रा टापुमा पानी जहाज डुब्दा एक सय ५० जनाको मृत्यु भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार