श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुडानमा युद्धविरामबीच दुईपक्षीय लडाइँ जारी, राजधानीमा आक्रमण गर्ने सेनाको तयारी

प्रतिद्वन्द्वी अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसद्वारा कब्जा गरिएको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुडानको सेनाले राजधानी खार्तुममा आक्रमण गर्नका लागि ठुलो सङ्ख्यामा ट्याङ्क र तोप तैनाथ गरेको छ । युद्धविरामको अवधि ७२ घण्टा थप गरिए पनि हवाई र जमिनी हमला जारी रहेको छ ।

सेनाले सर्वसाधारणलाई घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपिल गरेको छ । सेनाले राजधानी खार्तुममा चारैतर्फबाट हमला गरिरहेको जनाएको छ । युद्धविरामका बेला पनि सेनाले प्रतिद्वन्द्वी अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसद्वारा कब्जा गरिएको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरिरहेको छ ।

छिमेकी देश दक्षिण सुडानको सरकारले दुई पक्षका प्रतिनिधिहरूलाई शान्ति वार्ता गराउने प्रयास गरिरहेको जानकारी दिएको छ । सुडानका पूर्व प्रधानमन्त्री अब्दुल्ला हमदोकले दुवै पक्षबीच संवादका लागि अन्तर्राष्ट्रिय स्तरमा एकीकृत प्रयास गर्न अपिल गरेका छन् ।

Sudan crises live updates: Fighting rages for 4th day, 270 killed -  Dailynewsegypt

हमदोकले यसलाई मूर्खतापूर्ण लडाइँको संज्ञा दिँदै यसमा कुनै पनि पक्षको जीत नहुने दाबी गरेका छन् । यो युद्धका कारण देशको हालत सिरिया र लिबियाभन्दा खराब हुन सक्ने उनको चेतावनी छ ।

पछिल्ला दुई हप्तादेखि जारी युद्धमा सयौँको सङ्ख्यामा मारिएका छन् । त्यस्तै हजारौँले देश छाडेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार