असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना छ : डब्लुएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ ।

डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका छन् ।

खोप पत्ता लागे पनि यो भाइरसलाई नियन्त्रणमा लिनका लागि बृहत स्तरको प्रयासको खाँचो पर्ने उनले बताएका छन् ।

जेनेभामा भएको भर्च्युअल पत्रकार सम्मेलनमा डा. रायनले भनेका छन्, ‘यो भाइरस हाम्रो समुदायका लागि अर्को महामारी जन्य भाइरसका रुपमा आएको र यो कहिल्यै नजाने वा अन्त्य नहुने सम्भावना छ । यो कुरा चर्चामा ल्याउनु अत्यावश्यक पनि छ ।’

उनले अघि भनेका छन्, ‘एचआइभी गएन, तर सो भाइरसलाई नियन्त्रण गर्न वा फैलिन नदिनका लागि उपायहरु आएका छन् ।’

डा. रायनले त्यसपछि भने, ‘जसले पनि भनिरहेका छन् कि कोभिड–१९ अन्त्य हुनेछ, यो वा त्यो समयमा । त्यस्तो नहुन पनि सक्छ ।’

कोरोना भाइरस विरुद्ध हाल १०० सय भन्दा बढी सम्भावित खोपहरु निर्माणको चरणमा छन् । तर खोप भएर पनि उन्मुलन नभएका धेरै रोगहरु रहेकाले कोरोना भाइरस पनि त्यस्तै हुन सक्ने उनले चेतावनी दिएका हुन् ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यानोम गेब्रेयेसोसले भने प्रयास गरिए भाइरसलाई नियन्त्रणमा लिन सकिनेमा जोड दिएका छन ।

उनले भनेका छन्, ‘अवस्था कस्तो हुनेछ भन्ने हामीमै भर पर्छ, यो संक्रमण सबैको चासो र चिन्ताको विषय हो । हामी सबैले महामारी अन्त्यका लागि प्रयास गर्नु पर्ने छ ।’
डब्लुएचओकी इपिडिमियोलोजिस्ट मारिया भान केर्खोभले भनेकी छन्, ‘हामीले यो कुरा स्पष्ट रुपमा बुझ्नु पर्छ कि यो महामारीबाट बाहिर निस्कनका लागि केही समय लाग्ने छ ।’

विश्वका विभिन्न देशमा लकडाउन खुकुलो पार्न थालिएका बेला डब्लुएचओका उच्च अधिकारीहरुको यो चेतावनी आएको हो ।

कोरोना भाइरसको महामारीका कारण हालसम्म विश्वभर दुई लाख ९६ हजार ६ सय भन्दा बढीको ज्यान गइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर कुल संक्रमितको संख्या ४३ लाख ४२ हजार भन्दा बढी पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार