असार २९, २०८२ आइतबार July 13, 2025

संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस

राष्ट्रपतिले उनीहरुको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : संघीय संसद सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् ।  प्रतिनिधिसभा सचिवमा नायव महान्यायाधीवक्ता पाण्डेय र राष्ट्रिय सभा सचिवमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि रिक्त उक्त पदमा पाण्डेय र आचार्यको नाम सिफारिस गरिएको हो । अब  राष्ट्रपतिले उनीहरुको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया