श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा मस्जिद बगाउँदा त्यहाँ रहेका चार जनाको मृत्यु भएको छ ।

बाढीले आसपासका घरमा समेत क्षति पु¥याएको छ ।

यो प्रान्त सन् २०१४ देखि हुथी समूहको नियन्त्रणमा छ । हुथी विद्रोहीले प्रान्तमा नियुक्त गरेका अधिकारी अदेल इसाले भारी वर्षा र मुसलधारे बहावका कारण बाँध भत्किएको बताउनुभयो ।

सानाका अधिकारीहरूले घटनास्थलमा दुईवटा उद्धार र एम्बुलेन्स गाडीहरू पठाएको उनले बताए ।

यसैबीच, यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले अल महविटलगायत विभिन्न प्रान्तका नागरिकलाई भारी वर्षाको चेतावनी जारी गर्दै वर्षाको समयमा र पछि मुसलधारे बाटो, बेंसी र चट्टानहरूमा यात्रा नगर्न सल्लाह दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार