श्रावण ३, २०८२ शनिबार July 19, 2025

इजरायलको जेलमा भोक हडताल गर्ने प्यालेस्टाइनीको मृत्यु

तीन महिनादेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी कैदी खादेर अदनानको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायलको कारागारमा विगत तीन महिनादेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी कैदी खादेर अदनानको मंगलवार मृत्यु भएको अलजजीराले खबर दिएको छ ।

४५ वर्षीय अदनानले पहिला पक्राउ पर्दा पनि कैयौंपटक भोक हडताल गर्ने गरेका थिए । सन् २०१५ मा उनलाई कुनै अभियोग नलगाई हिरासतमा राख्दा उनले ५५ दिनसम्म भोक हडताल गरेका थिए ।

यसै साता फिजिसियन्स फर ह्युमन राइट्स इजरायल समूहका एक चिकित्सक अदनानलाई भेट्न कारागार गएका थिए । उनी मृत्युको निकट रहेको र अन्तै सार्नुपर्ने भनी ती चिकित्सकले चेतावनी दिएका थिए ।

इस्लामिक जिहाद नामक सशस्त्र समूहले इजरायललाई यस अपराधको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नौ सन्तानका पिता अदनानलाई उक्त समूहले शहीदको संज्ञा दिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार