श्रावण ३, २०८२ शनिबार July 19, 2025

सुडान सत्ता संघर्ष : आज देखी २८ गतेसम्म युद्धबिराम, बार्ता गर्न दुबै पक्ष मञ्जुर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज देखी लागु हुने गरी सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत भएका छन् ।

सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्टं फोर्सेस (एसएएफ) प्रमुख आज देखी बैशाख २८ गतेसम्म युद्धविराम गर्न सहमत भएका हुन ।

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार राष्ट्रपति साल्भा किर मेयारदिटले बिद्रोही पक्षसँग सम्पर्क गरी युद्धबिराम गरी बार्तामा आउन आब्हान गरे पछि दुबै पक्ष युद्धबिराम गर्न सहमत भएका हुन । बिदेश मन्त्रालयका अनुसार दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन पनि सहमत भएका छन् ।

Sudan: army accuses armed group of violating ceasefire – Middle East Monitor

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसका निम्ति वार्ता अपरिहार्य भएको जनाउँदै आएका थिए । दुवै पक्षको अनौपचारिक छलफल पछि वार्ताको मिति र स्थल तय गरिनेछ ।

दुबै नेता बिच भएको टेलिफोन बार्ता पछि शीघ्र वार्ता टोली गठन गरिने र जारी युद्धलाई स्थगित गरी राजनीतिक निकास खोज्न दुवै सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

Sudan's rival factions agree to 7-day ceasefire

व्यापार र विकासका लागि अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजीएडी) का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजीएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजीएडीले युद्धविरामको पहल गरेको हो ।

सत्ता संघर्षका लागि अचानक भडकिएको हिंसामा परी तीनसय भन्दा बढीको ज्यान गएको थियो । दुबै पक्षले युद्धका लागि एक अर्कालाई दोष देखाउँदै युद्धको कारण आफु नभएको भन्दै पन्छिदै आएका छन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार