“ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ,” गुटरेसले भन्नुभयो। “सबै पक्षहरूले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ – जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो”, उहाँको टिप्पणी छ ।
महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरूसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ । साथै यस वर्षको संयुक्त राष्ट्रसंघ प्रणाली प्रमुख कार्यकारी बोर्ड समन्वयको पहिलो सत्रको अध्यक्षता गर्ने पनि अपेक्षा गरिएको छ।
सो बोर्ड जुन प्रत्येक वर्ष दुई पटक बैठक बस्ने गर्छ । त्यसले संयुक्त राष्ट्रसंघ एजेन्सीहरू, कोष र कार्यक्रमहरूका नेताहरूलाई एकसाथ भेला पारेर संयुक्त राष्ट्रसंघ प्रणालीको उच्च समन्वय मञ्चको रूपमा प्रस्तुत हुन्छ ।
खाना, सफा पिउने पानी र अत्यावश्यक औषधिको पहुँचको अभावमा सुडानको सङ्कटले नागरिकहरूलाई मारमा पारेको स्वीकार भन्दै महासचिवले सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल-बुर्हान लगायत सबैलाई शान्तिका लागि आग्रह गर्नु भएको छ । रासस/सिन्हा
प्रतिक्रिया