श्रावण ३, २०८२ शनिबार July 19, 2025

चिनियाँ विदेशमन्त्रीद्वारा भारतसँगको सम्बन्धलाई स्थिर बनाउँन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गर्नुभएको छ।

बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकको बीचमा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गर्नुभएको हो।

मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने बताउनुभएको छ ।

उहाँले दुई छिमेकीलाई एकअर्कालाई सम्मान गर्न र एकअर्कालाई सुदृढ बनाउन र आ–आफ्नो राष्ट्रिय पुनर्जागरणमा योगदान पु¥याउँदै विश्व शान्ति र विकासमा स्थायित्व र सकारात्मक ऊर्जा सम्प्रेषण गर्दै सामञ्जस्यपूर्ण सहअस्तित्व, शान्तिपूर्ण विकास र साझा पुनरुत्थानको नयाँ मार्गमा लाग्न आह्वान गर्नुभएको हो ।

चीनले भारतसँग द्विपक्षीय परामर्श र आदानप्रदान गर्न, बहुपक्षीय ढाँचा अन्तर्गत वार्ता र सहयोग अभिवृद्धि गर्न र अन्तरराष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

उहाँले चीन–भारत सीमानाको वर्तमान अवस्था सामान्यतया स्थिर रहेको पनि उल्लेख गर्नु भएको छ । दुवै पक्षले दुई देशका नेताहरूले गरेका महर्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विद्यमान उपलब्धिहरूलाई सुदृढ गर्दै, कडाइका साथ पालना गरिरहनु पर्नेमा पनि जोड दिइएको छ ।

त्यसैगरी भारतीय विदेशमनत्री जयशंकरले भारत र चीनले थुप्रै क्षेत्रमा सहयोग सुदृढ गर्न आवश्यक रहेको र भारतले चीनसँगको सीमा क्षेत्रमा शान्ति र स्थायित्वको खोजी जारी राख्ने आशा राखेको पनि बतउँनु भएको छ ।

चीनले एससीओ शिखर सम्मेलनको सफल आयोजना गर्न भारतलाई समर्थन गरेको र वर्तमान अध्यक्षको हैसियतमा भारतले एकता र सहयोगको भावना देखाउने र शिखर सम्मेलनलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने आशा पनि छिनले गर्नु भएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा ढकाल
२०८२ श्रावण ३, शनिबार
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
२०८२ श्रावण ३, शनिबार
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
२०८२ श्रावण ३, शनिबार
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार