काठमाडौंः संघीय संसद अन्तर्गतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।
संघीय संसद सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त सपथ समारोह कृषी समितिको हल, सिंहदरवारमा हुनेछ ।
प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिबमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद सचिवालयमा सहसचिब पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन् ।
उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त भएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया