असार २९, २०८२ आइतबार July 13, 2025

संघीय संसदको अधिवेशन सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसदको अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको चौथो र प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हो ।

संघीय संसद भवनमा दुवै सदनको अधिवेशन सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्न्द्र पौडेलको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो ।

प्रनिधिसभाको अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै बोल्न केही सांसदहरुले उठेर माग गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अधिवेशन सुरु भएको जानकारीपछि समय दिने बताए । यसपछि सांसदहरु बसेका थिए ।

यसपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गरेर सुनाए । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक चलिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया