असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि अन्तिम दिन मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भएको छ । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा. महतले जवाफ दिएका छन् ।

छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय सभाको अर्काे बैठक आगामी ३ जेठ  बुधबार साँझ ६ः३१ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया