श्रावण ११, २०८३ सोमबार July 27, 2026

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सुक्ष्म अध्ययन एवं अनुसन्धानको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ ।

घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण भएको देखिने वक्तव्यमा भनिएको छ ।

अध्यक्ष बरालले सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सुक्ष्म अध्ययन एवं अनुसन्धानको माग गर्नुभयो ।

दोषी जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ ।

“यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाजले निन्दा गर्छ”, विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार