भाद्र २९, २०८३ सोमबार September 14, 2026

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आठौँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, २९ भदौ : कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रवक्ता कल्याणी खड्काका अनुसार आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आठौँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही सिफारिस बमोजिम प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया