काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने गरी लगिएको विशेष सेवा ऐनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित गएको विधेयक बिहीबार राष्ट्रियसभाबाट पनि पारित भएको हो ।
प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभाले सन्देशसहित पठाएको विधेयक पारित गरियोस् भनि प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।
अब राष्ट्रियसभाले प्रतिनिधिसभामा विधेयक पठाउनेछ । उक्त विधेयक सभामुखले प्रमाणित गरेर राष्ट्रपति कहँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि राष्ट्रिय अनुसन्धान विभाग औपचारिक रूपमा प्रधानमन्त्री मातहत फर्कनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया