जेठ २०, २०८० शनिबार June 3, 2023

‘प्रतिगमन मुर्दावाद’ भनेर मात्र परिवर्तनको रक्षा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापना गर्न नसकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘प्रतिगमन मुर्दावाद’ भनेर मात्र राजनीतिक परिवर्तनको रक्षा गर्न नसकिने बताउनुभएको छ ।

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४ औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाहा छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।” कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापना गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया