चैत्र १५, २०८० बिहिबार March 28, 2024

महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

पेस्तोल एक थान र सोमा लाग्ने पाँच थान गोली रितपूर्वक बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महोत्तरीको एकडाराबाट प्रहरीले हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी जिल्ला वाजोपट्टी घर भएका २६ वर्षीय पप्पु यादव छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एकडारा गाउँपालिका-४ हल्खोरी बजारबाट यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले निजको साथबाट पेस्तोल एक थान र सोमा लाग्ने पाँच थान गोली रितपूर्वक बरामद गरेको हो । प्रहरी नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया