श्रावण १०, २०८३ आइतबार July 26, 2026

‘कालोसूची’मा पर्ने ऋणीको संख्या पुग्यो सवा लाख

आव २०७१–०७२ पछि मात्रै ६८ हजार १ सय २२ जना कालोसूचीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालू आर्थिक वर्षको १२ महिना नबित्दै सूचना केन्द्रको कालोसूचीमा पर्ने ऋणीको संख्या ४४ हजारनजिक पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवमा बैंक तथा वित्तीय संस्थामा ३८ हजार ९ सय ४६ र लघुवित्तमा ४ हजार ९ सय ६१ जना कालोसूचीमा परिसकेका छन् ।

१९ असार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाको कारोबारमा मात्रै कालोसूचीमा पर्नेको संख्या कुल १ लाख २० हजार ९ सय २० रहेको केन्द्रको तथ्यांक छ । चालू आव लागेपछि मात्रै कालोसूचीमा पर्नेको संख्या ३८ हजार ९ सय ४६ रहेको छ । लघुवित्तमा मात्र चालू आवमा ४ हजार ९ सय ६१ जना कालोसूचीमा परेका छन् । असार महिनाको १८ दिनको अवधिमा मात्रै ५ सय ११ जना लघुवित्तमा कालोसूचीमा परिसकेका छन् । २०७९ साउनदेखि मात्रै लघुवित्तमा कर्जा नतिर्नेहरूलाई कालोसूचीमा राख्न थालिएको थियो । हालसम्म लघुवित्त क्षेत्रमा मात्रै कालोसूचीमा पर्ने ऋणीको संख्या ८ हजार ८ सय ९१ रहेको छ ।

भूकम्प, नाकाबन्दी र कोरोनाका कारण उत्पन्न भएको आर्थिक शिथिलताले व्यापार व्यवसायलगायत गतिविधिमा सुस्त हुँदा कालोसूचीमा परेका हुन् ।

उच्च महँगीका कारण ‘कर्जा डिफल्ट’ र चेक बाउन्सका घटना बढ्दैजाँदा कालोसूचीमा पर्नेको संख्या उच्च दरले वृद्धि भएको एकथरीको भनाइ छ । अनुत्पादक क्षेत्रका रूपमा रहेको जग्गामा अन्धाधुन्ध लगानी गरेकाले र जग्गाको मूल्य बढ्न नसक्दा पनि कालोसूचीमा परेको हो ।

बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी नगरेका मात्रै नभएर चेक बाउन्समा पनि ग्राहकहरूलाई कालोसूचीमा राखिँदै आएको छ । त्यसले गर्दा पछिल्ला केही वर्षयता कालोसूचीमा पर्नेको संख्या उल्लेख्य रूपमा बढेको हो ।

कर्जा सूचना केन्द्रले २१ फागुन २०४६ देखि कालोसूचीमा पर्नेहरूको विवरण वेबसाइटमा अद्यावधिक गर्दै आएको छ । ३१ असार २०७९ मा २६ हजार ३ सय ४७ व्यक्ति तथा कम्पनी कालोसूचीमा रहेकामा अहिले आएर १ लाख ३० हजारको हाराहारीमा पुगिसकेको छ ।

केही महिनाको भाका राखेर चेक काट्ने र व्यापार भएपछि साटिनेगरी कारोबार गर्ने व्यवसायीमा व्यापार नहुँदा चेक नसाटिने र चेक नसाटिँदा त्यसलाई बाउन्स गरेसँगै धेरैजसो कालोसूचीमा पर्ने गरेका छन् ।

आव २०७१–०७२ पछि मात्रै ६८ हजार १ सय २२ जना कालोसूचीमा परेका छन् ।

आव २०७१–७२ को अन्तिमसम्म कालोसूचीमा पर्नेको संख्या जम्मा ३ हजार १ सय २९ जना मात्रै थियो । आव २०७२–७३ मा ४ सय ९ जना थपिएपछि सो संख्या संख्या ३ हजार ६ सय ९ पुग्यो ।

आव २०७३–७४ मा यसरी कालोसूचीमा पर्नेहरूको संख्या ५ सय १ जना थपिँदै ४ हजार १ सय ११ पुग्यो । त्यसको अर्को वर्ष २०७४–०७५ मा सो सूचीमा ८ सय ९२ जना थपिएपछि सो संख्या ५ हजार २ पुग्यो । आव २०७५–०७६ मा भने एकै वर्ष १ हजार ८ सय ६७ जना ऋणी कालोसूचीमा थपिए । यसपछि कालोसूचीमा पर्ने संख्या ६ हजार ८ सय ६९ पुग्यो ।

आव २०७६–०७७ मा यो संख्या २ हजार ९ सय ८५ जना थपियो र ९ हजार ८ सय ५४ जना पुग्यो । आव २०७७–०७८ मा ४ हजार ३ सय ४१ जना थपिएपछि कालोसूचीमा पर्ने ऋणीको संख्या १४ हजार १ सय ९५ जना पुग्यो । यसैगरी, आव २०७८–०७९ मा ११ हजार ९ सय ६७ जना थपिँदै सो संख्या २६ हजार १ सय ५८ पुगेको तथ्यांक छ । आव २०७९–०८० मा २२ हजार जना कालोसूचीमा परेको देखिएको छ । त्यसयता लगातार उकालो लागेको कालोसूचीमा पर्नेको संख्या गत आव २०८०–८१ सम्म आइपुुग्दा एकै वर्षमा एकाएक बढेर ३३ हजार नाघेको थियो । चालू आवको १२ महिना नपुग्दै कालोसूचीमा पर्नेहरूको संख्या ३८ हजार ९ सय ४६ पुगेको छ । लघुवित्तमा मात्रै यस आवमा ४ हजार ९ सय ६१ जना कालोसूचीमा परिसकेका छन् । बैंक तथा वित्तीय संस्था र लघुवित्त जोड्ने हो भने चालू आवमा ४४ हजारको हाराहारीमा कालोसूचीमा परेको देखिएको छ ।

सरकारले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ संशोधन गर्दै चेक बाउन्स (चेक अनादर)सम्बन्धी मुद्दामा नयाँ कानुनी व्यवस्था हालै मात्र लागू गरेको छ । नयाँ व्यवस्थाले चेक बाउन्ससम्बन्धी मुद्दाको अनुसन्धान अब प्रहरीले मात्र गर्ने व्यवस्था गरिएको छ, जसले गर्दा सर्वसाधारणले अदालतमा सिधै मुद्दा दायर गर्न पाउने पुरानो प्रावधान हटाइएको छ ।

यस संशोधनसँगै चेक बाउन्सको दर र बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने व्यक्तिहरूको संख्या घट्ने अपेक्षा गरिएको छ ।

बैंक वा वित्तीय संस्थाले स्वीकृत गरेका सम्पूर्ण कर्जा सुविधाको विवरण कर्जा सूचना केन्द्रमा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । विशेषगरी ९० दिनभन्दा बढी समयसम्म भाका नाघेका कर्जा र १० लाख रुपैयाँ वा सोभन्दा बढीको कर्जा रकम तोकिएको समयसीमाभित्र केन्द्रमा रिपोर्ट गर्नुपर्छ ।

लघुवित्त वित्तीय संस्थाको हकमा भने, ५ लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिएका ऋणीहरूको विवरण केन्द्रमा पठाइन्छ । नियतवश कर्जा नतिर्ने ऋणीहरू (कर्जा जति भए पनि) कालोसूचीमा राख्न सकिने व्यवस्था छ । एकपटक कालोसूचीमा परेपछि व्यक्तिले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट सेवा सुविधा पाउन कठिन हुन्छ । साथै, राज्यबाट प्राप्त हुने केही सुविधा पनि रोकिनसक्ने व्यवस्था ऐनमा उल्लेख छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार