श्रावण ९, २०८३ शनिबार July 25, 2026

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

कलाकार र स्रष्टाको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ९ साउन : सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताउनुभएको छ ।

छिन्नतला गीत पुरस्कार गुठीद्वारा आज आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा उहाँले विधेयकमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

“विधेयकमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, सङ्घ, प्रदेश, स्थानीय तहबीच समन्वय, अनुसन्धान, ‘डिजिटल’ अभिलेख तथा संरक्षण कार्यक्रम सञ्चालनका प्रावधान समावेश छन्”, सभामुख अर्यालले भन्नुभयो ।

संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलका क्रममा रहेको विधेयकमा सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लङ्घनमा कानुनी कारबाही र दण्ड जरिवानाको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

“विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुदृढीकरण, युनेस्कोको सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन सिर्जनाको उद्योग र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ”, सभामुखले भन्नुभयो ।

छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’ को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको उल्लेख गर्दै उहाँले छिन्नलता गीत पुरस्कारले नेपाली गीत सङ्गीत क्षेत्रमा निरन्तरता, उच्चस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको धारणा राख्नुभयो ।

सभामुख अर्यालले कलाकार र स्रष्टाको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताउनुभयो ।

“नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, सङ्गीत र सिर्जनाप्रति रुची जगाउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक नीतिगत तथा कानुनी वातावरण निर्माण गर्न प्रतिबद्ध हुनुपर्दछ ।”

समारोहमा सभामुख अर्यालले वरिष्ठ हाँस्यव्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार डा नवराज लम्साल, सङ्गीतकार किरण कँडेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार