श्रावण ९, २०८३ शनिबार July 25, 2026

डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

सुगर अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, ९ साउन : पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।

उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको अस्पताल प्रमुख डा हेमराज पाण्डेले जानकारी दिनुभयो । लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो ।

यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुभएको छ । डा पाण्डेका अनुसार मन्त्री मेहताले उहाँसँग टेलिफोन गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको हो ।

“मन्त्रीले डा केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । यहाँ सम्भव भएसम्म सबै उपचार गर्न र केही समस्या भए तुरुन्त वैकल्पिक व्यवस्थाका लागि पहल गर्न र काठमाडौँ रेफर गर्नुपर्ने अवस्थाबारे जानकारी गराउन भन्नुभएको छ । सोहीअनुसार हामीले उच्च सतर्कतासहित निगरानी गरिरहेका छौँ”, अस्पताल प्रमुखडा पाण्डेले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार