श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

कानुनी सल्लाहकार हटाउँदै प्रधानमन्त्री

प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्त गर्न लागेका अधिवक्ता दीपेन्द्र झाको योग्यतासमेत १० साउनपछि मात्र पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्तालाई हटाउने तयारी गरेका छन् । नियुक्ति लगत्तैबाट विवादमा परेका महान्यायाधिवक्ता नारायण दत्त कडेलको कार्यसम्पादनमा प्रश्न उठाउँदै हटाउने तयारी भएको प्रधानमन्त्रीका सल्लाहकारहरूको दाबी छ ।

उनको योग्यता र नियुक्तिको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर मुद्दामा सर्वोच्चका न्यायाधीशहरुले केही कागजात मगाउने आदेश गरेका छन् । तर सो आदेशपछि सर्वोच्चले मुद्दाको पेशी नै तोकेको छैन ।

बेलायतको पिआर भएको दाबी गरिएका कडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्चले अध्यागमन विभागबाट नेपाल र बेलायत आवतजावतको प्रमाणित अभिलेख मागिसकेको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सन् २०१५ देखि २०२४ सम्म नेपाल–बेलायत आउजाउ तथा बसाइसँग सम्बन्धित सम्पूर्ण विवरण अदालतमा उपलब्ध गराउन भनेको छ । पिआर र योग्यता विवादसँगै सरकारवादी मुद्दामा कमजोर प्रदर्शन गरेको आरोप लगाएर कडेललाई हटाएर अधिवक्ता दीपेन्द्र झालाई नियुक्त गर्ने सरकारको तयारी छ । प्रधानमन्त्रीका एक जना सल्लाहकारका अनुसार कडेललाई राजीनामा गर्न लगाएर १० साउनपछि झालाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी भइरहेको हो ।

नियुक्ति पर्खिरहेका झा यसअघि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । झाको नियुक्ति विरुद्ध पनि अदालतमा रिट दायर भएको थियो । तर उनले राजीनामा दिएपछि रिटको औचित्य सकिएको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । झा २ महिना अघि मात्र बेलायतको हार्वर्ड विश्वविद्यालयबाट तीन महिने कोर्स पूरा गरेर फर्किएका छन् ।

भिजिट पर्पोजमै कडेल लेख्छन्– पिआर

२२ चैत २०८२ मा महान्यायाधिवक्ता नियुक्त भएका कडेलको योग्यता र बेलायती पिआरका विषयमा प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । अदालतले बेलायत आउजाउका सम्पूर्ण कागजात मागिसेको भए पनि अदालतसम्म ती कागजात पुगिसकेका छैनन् ।

अदालत पुगि नसकेको कागजातमा कडेलले हरेक पटक बेलायत जाने क्रममा अध्यागमनमा ‘भिजिट पर्पोज’ सेक्सनमा ‘पिआर’ लेख्ने गरेको देखिन्छ । रिट निवेदकले इजलासमा यसको प्रतिलिपि नै पेस गरेपछि इजलासले अध्यागमनसँग सक्कली कागजात मागेको हो ।

कडेलले सन् २०२२ देखि हरेक पटक आउजाउ गर्दा भिजिट पर्पोजमा पिआर नै लेख्ने गरेको कागजात इजलासमा पेस भएको छ । यो मुद्दालाई आगामी १७ कात्तिकमा उमेर हद्दका कारण अवकाश पाउँदै गरेका न्यायाधीश विनोद शर्मा र अर्का न्यायाधीश सुनिल कुमार शर्माको इजलासले सुनुवाइ गरी कागजात मगाउने आदेश दिएको हो ।

कडेलको नदर्न आयरल्यान्डमा धेरै कम्पनीमा लगानी भएको प्रमाणसमेत इजलासमा निवेदकले पेस गरेका छन् । नदर्न आयरल्यान्डमा कडेलको जम्मा २ कित्ता शेयर भएको कम्पनी टाट पल्टिएपछि भारतीय नागरिक जसपाल सिंहको २ हजार ७ सय पाउन्डसहित ८९ हजार पाउन्ड तलब दाबीसहितको कानुनी विवादसमेत कडेलले झेलिरहेको आउनीविरुद्धका रिट निवेदकहरूले दाबी गर्दै आएका छन् ।

१० साउनापछि मात्रै पुग्छ झाको योग्यता

प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्त गर्न लागेका अधिवक्ता दीपेन्द्र झाको योग्यतासमेत १० साउनपछि मात्र पुग्ने देखिएको छ । महान्यायाधिवक्तामा नियुक्त हुन १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ । झाले १० साउन, २०६८ मा नेपाल बार काउन्सिलबाट अधिवक्ताको लाइसेन्स लिएका हुन् । आगामी १० साउनमा मात्र उनको वकालत अभ्यास १५ वर्ष पुग्छ ।

उनी ७ फागुन २०७४ मा मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । त्यस बेला पनि उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट निवेदन दायर भएको थियो । तर ९ असोज २०७९ मा उनले राजीनामा दिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटको प्रयोजन सकिएको भन्दै विवादको तथ्यमा प्रवेश नै नगरी खारेज गरिदिएको थियो ।

मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर जसपा नेपाल प्रवेश गरेर उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ (क)वाट लोसपाका अभिराम शर्मासँग पराजित भएपछि उनी जसपा नेपालबाट अलग भए । हाल उनी रास्वपा निकट छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रपतिबाट पुरस्कृत
२०८३ श्रावण ८, शुक्रबार
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
२०८३ श्रावण ८, शुक्रबार
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री
२०८३ श्रावण ८, शुक्रबार
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
२०८३ श्रावण ८, शुक्रबार
गुजरामा खुकुरी प्रहारगरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर
२०८३ श्रावण ८, शुक्रबार
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति
२०८३ श्रावण ८, शुक्रबार