मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह

सरकारले करिब रु आठ अर्ब लगानी गरेर यसै वर्षदेखि चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, ८ साउनः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ नागरिक तहबाट गठित सङ्घर्ष समितिले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी दशकौँदेखिको प्रयासपछि विश्वविद्यालय सञ्चालनको प्रक्रियामा रहेकाले त्यसमा अवरोध हुने कुरा स्वीकार्य नभएको उल्लेख गरिएको छ । सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले डा गोविन्द केसीले सुरु गर्नुभएको अनशनबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सुदूरपश्चिम र सिङ्गो देशको गौरवका रुपमा रहेको सो विश्वविद्यालय सञ्चालनमा कुनै अवरोध नगर्न आग्रह गर्नुभयो ।

“यो विश्वविद्यालय सुदूरपश्चिमका २७ लाख नागरिकको साझा पूर्वाधार हो । यसमा सरकार, नागरिक र सरोकार भएकाहरुको दशकौँदेखिको योजना, दबाब, सङ्घर्ष र सपना जोडिएको छ”, संयोजक पाण्डेले भन्नुभयो, “त्यो सपना पूरा हुने अवस्थामा रहेका बेला डा केसी र अन्य कसैले कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन ।”

संयोजक पाण्डेले अनसनरत डा केसीले विश्वविद्यालयसम्बन्धी विषयलाई पहिलो बुँदामा राखेर आन्दोलन गर्नु जायज नभएको भन्दै पदाधिकारी नियुक्तिमा कुनै असहमति भए कानुनी बाटो अपनाउन आग्रह गर्नुभयो ।

“सरकारले करिब रु आठ अर्ब लगानी गरेर यसै वर्षदेखि चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसबाट सुदूरपश्चिमवासी उत्साहित छौँ,” उहाँले भन्नुभयो ।

सङ्घर्ष समितिले कसैले अनसन वा आन्दोलन गरेकै भरमा विश्वविद्यालयका बाँकी काममा अवरोध आउने अवस्था नआउनेतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराएको छ । कुनै कारणले विश्वविद्यालयका काम रोकिए राज्यको अर्बौं लगानी र नागरिकको भरोसा टुट्ने अवस्था आउने भन्दै सरकारलाई बाँकी काम द्रुत गतिमा अगाडि बढाउन आग्रहसमेत गरिएको छ ।

डा केसीले पाँच बुँदे माग राख्दै बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनिश्चितकालीन अनशन सुरु गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार
लामो समयदेखि संवैधानिक पदमा रिक्तता
२०८३ मंग्सिर ६, आइतबार
आजको मौसम : कोशी लगायत देशका हिमाली क्षेत्रमा आंशिक बदली
२०८३ मंग्सिर ६, आइतबार