काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् ।
पारिवारिक श्रोतकाअनुसार उनको अवस्थामा सामान्य छ । एक महिनाअघि मात्रै उनको शरीरमा जनै खटिरा आएको थियो । सो समस्या हटेपछि पछिल्ला दिनमा उनी केही सक्रिय भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया