असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्री ओलीमा अल्पज्ञान र अहंकारको ककटेल देखियो : भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अल्पज्ञान र अहंकारको ककटेल देखियो भन्दै कटाक्ष गरेका छन्।

संसदमा नीति तथा कार्यक्रममा सांसदल उठाएका प्रश्नको जवाफ सुनेर निस्किएका भट्टराईले ट्वीट्मार्फत ओलीले कमीकमजोरी स्वीकार नगर्ने र नसच्चिने छाँटकाट देखिएको आरोप लगाएका छन्।

उनले ओलीले लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको विषयलाई ब्याजका रुपमा भजाएर कुशासन चलाउँदै देशलाई बर्बादीमा लैजाने बुझियो संभावना देखिएको उल्लेख गरेका छन्।

भट्टराईले ट्वीटमा लेखेका छन्, ‘घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन। कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो। लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया