असार २४, २०८२ मंगलबार July 8, 2025

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि कोशी अस्पतालमा उपचाररत ८ जना निको भएर डिस्चार्ज भएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ४ जना र ४ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिएका छन।

‘उदयपुरका ४ र ४ भारतीय नागरिक उपचारपश्चत निको भएर आज डिस्चार्ज हुनुभएको छ’, एसपी अधिकारीले भने।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ४ भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते कोशी अस्पतालको उपचार केन्द्रमा भर्ना भएका थिए।

४ जना स्थानीयमध्ये ३ जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए।

योसँगै देशभर निको भएर घर फर्कनेको संख्या ४५ पुगेको छ।

डिस्चार्ज भएपछि भुल्केका ४ जनालाई होम क्वारेन्टिनमा र ४ भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको एसपीस् अधिकारीले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार