वैशाख १२, २०८१ बुधबार April 24, 2024

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौं महानगरपालिका-३ महाराजगंज बाँसबारी धारापाटीस्थित ५७ वर्षीया शिला गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शिला गुरुङ समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ४ सय ५० रूपैयाँ, ३ बुक तास र बिस ओटा सिमीका दानासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया