श्रावण ३, २०८२ शनिबार July 19, 2025

गर्मी बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द

जलेश्वर, मनराशिसवा, बर्दिवास, भंगाहा, गौशाला नगरपालिका र सम्सी गाउँपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अत्यधिक गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि महोत्तरीका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

जिल्लाका ६ वटा पालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको जनाएको छ ।

जिल्लाका जलेश्वर, मनराशिसवा, बर्दिवास, भंगाहा, गौशाला नगरपालिका र सम्सी गाउँपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द रहने र उक्त बिदा वर्षे बिदामा कट्टा गरिने जनाएका छन् ।

अत्यधिक गर्मीले विद्यर्थीहरूमा आलस्य हुने, पढाइमा मन नलाग्ने, बेहोस भएर ढल्ने जस्ता समस्या देखिन थालेपछि विद्यालय सोमबारबाट बिदा गर्ने निर्णय गरिएको बर्दिवास नगरशिक्षा शाखाका प्रमुख गणेश दाहालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया